भेरीको परीक्षणमा २१४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १६ बैशाख २०७८, बिहीबार १७:११
 

नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जमा २१४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा २८८ जनाको स्वाब परीक्षण गर्दा २१४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

नयाँ संक्रमितमध्ये १९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।


नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भएपनि यी ठाउँबाट बिहीबारको विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मास्क खोज्दै प्रहरी घरदैलोमा आउदै

१६ बैशाख २०७८, बिहीबार १७:११
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको दर अप्रत्यशित रुपमा बढेपछि प्रहरीले रेडक्रश, युनिसेफ तथा वडा स्तरिय लागु औषध निस्तेज महाअभियानको सहकार्यमा कोभिड–१९ को महामारीबाट जोगिने सचेतना सन्देश सहित मास्क खोई अभियान जिल्ला भरी सञ्चालन गर्ने भएको छ । युनिसेफको आर्थिक सहयोग तथा रेडक्रशको व्यवस्थापनामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई एक […]