बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको जनचेतना अभियान

सदरलाइन संवाददाता १४ बैशाख २०७८, मंगलवार १९:४२
 


नेपालगञ्ज : बाँकेमा विभिन्न बाहानामा पछिल्लो समय मानव बेचबिखनका घटना बाहिर आउन थालेपछि बाँकेका बिभिन्न ४ स्थानीय तहमा मानवबेचबिखन बिरुद्धको जनचेतना अभियान सञ्चालन गरिएको छ । सामाजिक ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत मानव बेचबिखन तथा असुरक्षित ओसारपसार बिरुद्धको सचेतना अभियान सञ्चालन गरिएको हो ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको व्यवस्थापनमा बाँकेको खजुरा गाउपालिका, बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिमा मानव बेचबिखनको दृष्टिकोणमा अत्यन्तै जोखिममा परेको पाईएकोले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सामुदायिक विद्यालयका कक्षा ५ देखि १२ सम्मका बालबालिका, किशोर, किशोरी समुह, आमा समुहलाई सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बाँके युनेस्को क्लबका सामाजिक ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम सहजकर्ता रञ्जना कुमारी बिकले जानकारी दिईन । उनले पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ५ देखि १२ सम्मका बालबालिकालाई लक्षित गरी उनीहरुलाई मानव बेचबिखनकोबिरुद्ध सचेतना फैलाउने एनिमेटेड भिडियो देखाउनुको साथै के कसरी बेचबिखनको खतरामा पर्न सकिन्छ र त्यसबाट कसरी जोगिने सन्देश दिने कुराहरुको बारेमा जानकारी गराईने कार्यक्रमको उद्देश्य रेहेको बताईन ।

कार्यक्रममा सहभागी बाँकेको खजुरा एफगाउमा रहेको जनकल्याण माबि कक्षा १० की छात्रा रक्षा थापा क्षेत्रीले आफ्नो गाउमा जटिल समस्याको रुपमा रहेको पढाई दिने, नाच सिकाउने जस्ता बाहानमा मानव बेचबिखन तथा असुरक्षित ओसारपसार बिरुद्धका समस्या रहेकोले कार्यक्रम एकदमै उपयोगी भएको बताईन ।

बाँके खजुरा गाउपालिका वडा नं. ४ की किशोरी निलम पुन मगरले आफ्नो गाउँ ठाँउमा मानव बेचबिखनबाट कसरी जोगिने, समाजिक सञ्जालका दुरुपयोग गरी बेचबिखनमा लागेकाहरुले कसरी फसाउन सक्छन र उनीहरुबाट जोगिने तथा अरुलाई कसरी सचेत बनाउने भन्ने कुरा सन्देश दिएको बताईन ।

कार्यक्रम की सहजकर्ता बिकका अनुसार पहिलो चरणमा विद्यालयका बालबालिकाहरु ९ सयजना, किशोर किशोरी क्लवका सदस्य, आमासमुह आदी गरी ३ सय जनालाईं जम्मा १ हजार २ सय जनालाई विभिन्न ६ प्रकारका सचेतना मुलक भिडियो सामग्री प्रदर्शन गराई बेचबिखनको जोखिमबाट कसरी जोगिने भन्ने बारेमा जानकारी गराईने मुख्य उदेश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक्सन एड नेपाल र बी ग्रुपद्वारा आईशोलेनका लागि अक्सिजन सिलिण्डर हस्तान्त्रण

१४ बैशाख २०७८, मंगलवार १९:४२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा अप्रत्याशित फैलिएको कोरोना संक्रमणका कारण निम्तिएको परिस्थितिमा कोरोना संक्रमितलाई आवश्यक पर्ने हाईफ्लो अक्सिजन सहितको आईशोलेशन सञ्चालन गर्नको लागि साढे ५ लाख बढीको अक्सिजन सिलिण्डरसहतिका उपकरण हस्तान्त्रण गरिएको छ । नेपालगञ्जमा कोरोना संक्रमितको चाप बढेसंगै अस्पतालमा उपचारको लागि बेड अभाव हँुदा नेपालगञ्ज उपमहानगरले अक्सिजन सुबिधा सहितको आइशोलेशन […]

सम्बन्धित