सांसद राईले कोभिड उपचारको लागि ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउदै

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार ११:४९
 


नेपालगञ्ज : बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।

उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । सदरलाइन डटकमसंग कुरा गर्दै उनले भने–‘ नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको विरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको छु ।’


पछिल्लो दुईसाता यता बाँकेमा कोभिड संक्रमणदर अत्यन्त उच्च हुँदै गएको र उनीहरुको लागि बाँकेका अस्पतालमा अक्सिजन अभाव भएको खबर बाहिरीएपछि आफु सो निर्णयमा पुगेको उनले बताए ।

नेपालगञ्ज उपमहानगरले गत आर्थिक वर्षमा पनि भेरी अस्पतालको कोभिड वार्डको लागि छुट्टाएको डेढ करोड रकम कार्यान्वयनका लागि समय नभएको भन्दै कार्यान्वयन नगरी फ्रिज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा आइतवारदेखि लकडाउन गर्ने निर्णय

११ बैशाख २०७८, शनिबार ११:४९
नेपालगञ्ज : बाँकेको कोहलपुरलाई पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलनपछि आइतवारदेखि लकडाउन गर्ने निर्णय गरेको हो । संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो । […]