चैते दशैँ आज मनाइँदै

सदरलाइन संवाददाता ७ बैशाख २०७८, मंगलवार १३:१६
 

नेपालगञ्ज : चैते दशैँ पर्व आज मंगलवार नेपालीले घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।


चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीबारदेखि लकडाउन हुनसक्ने

७ बैशाख २०७८, मंगलवार १३:१६
नेपालगञ्ज :बाँकेमा कोरोना संक्रमण बृद्धिको उच्च दरमा रहेको कारण बाँकेका स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले संक्रमणको दर घटाउन अनिबार्य लकडाउनको विकल्प नभएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई दिएका छन् । मंगलबार दिउसो बाँकेका स्थानीय तहका प्रमुख, स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्थानीय राजनीतिक दल, व्यावसायीका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागितामा जिल्ला […]

सम्बन्धित