नेपालगञ्ज मेडिकल कलेजले पनि सञ्चालनमा ल्यायो कोभिड आईशोलेशन

सदरलाइन संवाददाता ४ बैशाख २०७८, शनिबार १८:२३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईशोलेशन वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालले कोभिड–१९ का विरामीलाई लक्षित गरी आइसियुसहितको आइशोलेशन सञ्चालन गरेको हो ।


कोरोना संक्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शैयाको आइसियु तथा ३० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।

उनले आफुहरुको अस्पतालले कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको स्मरण गराउदै तत्कालिन अवस्थामा अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड बन्द गरेकोमा पुनः आवश्यकता अनुसार सुचारु गरेको बताए ।

Next Post

भेरीको परीक्षणमा ८१ मध्ये ७५ जनामा कोरोना पुष्टि

४ बैशाख २०७८, शनिबार १८:२३
नेपालगञ्ज : भेरी अस्पतालमा ८१ स्वाब परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ७५ जनाको रिपोर्ट पोजिटिभ आएको भेरी अस्पतालले जनाएको छ । जुन ९२.५९ प्रतिशत संक्रमण दर हो । अस्पतालका अनुसार, संक्रमितहरु स्वासप्रस्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा […]