कोहलपुरमा बसटिप्पर एकआपसमा ठोक्किदा चारको मृत्यु ३५ घाइते

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार २०:११
 


कोहलपुर (बाँके) : पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु हुनुको साथै ३५ जना घाइते भएका छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिदा ३ पुरुष सहित एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज क्षेत्रीले जानकारी दिए ।


सो घटनामा परि घाइते भएक ३५ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि पठाईएको छ ।

Next Post

भारतबाट फर्कदै गरेका ९ जनामा कोरोना

३ बैशाख २०७८, शुक्रबार २०:११
नेपालगञ्ज  : भारतबाट नेपाल फर्कदै गरेका ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्रको जमुनाहमा रहेको हेल्थ डेस्कमा शनिबार बिहान गरिएको ‘एन्टिजेन टेस्ट’ माध्यामबाट ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शनिबार बिहान भारतका विभिन्न प्रान्तबाट नेपाल फर्कनेहरुलाई जमुनाको हेल्थ डेस्कमा जाँचका क्रममा उनीहरुलाई कोरोना […]

सम्बन्धित