कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १४:४१
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत ३७ वर्षीय युवाको कोरोना संक्रमणका मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कैलालीको लम्किचुहा १ का ति पुरुषमा चैत्र ३० गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएका उनको मंगलवार राती ९ बजेर ५० मिनेटमा मृत्यु भएको ओलीले जानकारी दिए ।


योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण भईसकेको छ ।

Next Post

नयाँ वर्ष २०७८ हर्षोल्लासका साथ मनाइँदै

१ बैशाख २०७८, बुधबार १४:४१
नेपालगञ्ज : बुधवार विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । बुधवार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । […]

सम्बन्धित