बाँकेमा ७८ मध्ये ४१ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३० चैत्र २०७७, सोमबार १५:११
 

नेपालगञ्ज : बाँकेमा फेरि कोरोना उकालो लाग्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।


वलीका अनुसार भेरी अस्पतालमा बाँकेका २५ जनासहित ५४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको भेन्टिलेटर राखेर उपचार भईरहेको वलीले जानकारी दिए ।

Next Post

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

३० चैत्र २०७७, सोमबार १५:११
मुस्ताङ : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले पहल शुरु गरेको बताएकी छन् । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको सोमबार शुभारम्भ गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन […]