१५ ग्राम ब्राउन सुगरसहित गब्बार चौलिक्काबाट पक्राउ

सदरलाइन संवाददाता २८ चैत्र २०७७, शनिबार १७:४७
 


नेपालगञ्ज :  बाँके प्रहरीले १५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका गब्बारलाई चौलिकामा रहेको प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलिले चेकजांचको क्रममा पक्राउ गरिएको हो ।

अभियुक्त गब्बारले हाफ पाइन्टको दाहिने गोजिमा लुकाइ ल्याएको अबस्थामा लागू औषध ब्राउन फेला परेको हो । पक्राउ परेका गब्बारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सिमा प्रहरी चौकीका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिए ।

Next Post

लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार डा.गैरेलाई

२८ चैत्र २०७७, शनिबार १७:४७
नेपालगञ्ज : साहित्यका क्षेत्रमा स्थापना गरिएको लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार  एवं सम्मान भेरी साहित्य समाजका संस्थापक अध्यक्ष डा.नारायणप्रसाद शर्मा गैरेलाई प्रदान गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा नेपालगञ्जमा आयोजित कार्यक्रमका बीचमा लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार एवं सम्मान कार्यक्रममा डा. गैरेलाई नगद १५, हजार १ सय ११ रुपैयाको […]