मानव बेचबिखन बिरुद्धको सडक नाटकको स्कृप्ट लेखन तालिम

सदरलाइन संवाददाता २७ चैत्र २०७७, शुक्रबार १२:३२
 


नेपालगञ्ज : बाँकेका चार स्थानीय तहका पालिकाका किशोरीलाई लक्षित गरी मानव बेचबिखन बिरुद्धको सचेतना फैलाउने उद्देश्यले तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम सञ्चालनमा ल्याईएको छ ।

बाँके युनेस्को क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन बिरुद्धको परियोजना अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रमका लागि सहज होस भन्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।

कार्यशाला क्रियशन ललितपुरको सहजिकरणमा सुरु भएको सो तालिममा बाँकेका चारवटै पालिकाबाट १५ जना किशोरी सहभागि रहेका छन् । उनीहरुलाई मानव बेचबिखनका बिरुद्ध केन्द्रीत रहेर सडक नाटकको स्कृप्ट तयार पार्ने तौर तरिकाका बारेमा जानकारी गराईने छ ।


‘तलिमका सहभागिले मानव बेचबिखन जस्तो जघन्य अपराधबाट जोगाउन आफ्नो पालिकाको टोलटोलमा पुगेर सचेतना विरुद्धको सडक नाटक तयार पारेर मानब बेचबिखनबिरुद्ध सचेतना फैलाउने रहेको छ’–क्लवका अध्यक्ष चौधरीले भने ।

तीन दिनसम्म मानब बेचबिखन कै विषय बस्तु छनौट गरी उनीहरुलाई मानव बेचबिखनबाट कसरी जोगिने भन्ने सन्देश दिने खालको सडक नाटकको स्कृप्ट कसरी तयार पार्ने भन्ने कुरामा जोड दिईने आयोजकले जनाएको छ ।

Next Post

पत्रकार महासंघ बाँकेमा भण्डारी

२७ चैत्र २०७७, शुक्रबार १२:३२
नेपालगञ्ज  : नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा २० सदस्यिय कार्यसमितिका लागि गत बुधबार भएको निर्वाचनमा भण्डारीको नेतृत्वको टिमले कार्यसमितिमा कब्जा जमाएको हो । ३२३ सदस्य रहेको बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २९६ मत खसेको थियो […]

सम्बन्धित