नेपालगञ्जको प्लास्टिक मुक्त अभियान अलपत्र

लक्ष्मी तिमिल्सेना २४ चैत्र २०७७, मंगलवार १९:३८
 


नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको प्लाष्टिक झोला मुक्त अभियान नारामा मात्रै सिमित हुँदा अलपत्र परेको छ । २ बर्ष अघिबाट प्लाष्टिक झोला मुक्त नगर बनाउने नीति र कार्यक्रम बनाए पनि प्लास्टिकको झोला प्रयोगमा भने कमी आउन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरको सो अभियान तत्कालिन अवस्थामा सक्रिय भए पनि हाल भने प्लाष्टिकका झोला प्रयोगमा कुनै पनि कमी आएको छैन । यहाँका स्थानीयले दैनिक उपभोग्य सामाग्री राख्नका लागि पनि प्लाष्टिककै झोला प्रयोग गरेका देख्न सकिन्छ ।

नेपालगञ्ज उप–महानगरलपालिकाले नीति तथा कार्यक्रम बनाएरै प्लास्टिक झोलामुक्त अभियान सन्चालनमा ल्याएको थियो तर सो कार्यक्रम सफल हुन भने सकेन । नेपालगञ्ज उप–महानगरलपालिकाले यहाँका उद्योगी, व्यापारी र स्थानीयसंग समन्वय गरेर व्यापक रुपमा सचेतना फैलाउन नसकेका कारण पनि यो अभियान अलपत्र परेको उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना बताउछ ।

उनले भने–‘ प्लास्टिक झोला मुक्त अभियान अघि सार्दै गर्दा सबैभन्दा पहिला यहाँका प्लाष्टिक झोला उत्पादन गर्ने उद्योगसंग प्रर्याप्त छलफल हुनुपर्ने र उनीहरुलाई पहिला व्यवस्थापन गर्न सके मात्रै यो अभियानले सार्थकता पाउने छ ।’


नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले नगरलाई प्लास्टिक झोलामुक्त बनाउनका लागि नगरले विभिन्न खालको प्रयास गरेको दाबी गरे । उनले दुईवर्ष पहिलादेखि नै नगरले कपडाको झोलाहरु बनाएर वितरण समेत गरेको बताए ।

‘प्लास्टिक मुक्त नगर बनाउन कै लागि विभिन्न सामाजिक संघसंस्थाहरु संग पनि हामिले सहकार्य गर्यौ । तर, प्लाष्टिक झोला स्थानीयको जनजिविका संग प्रत्यक्ष रुपमा जोडिएको हुनाले नगरले धेरै प्रयास गर्दा पनि प्लाष्टिक झोला प्रयागमा कमि आएन’– नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले भने ।

उनले यो अभियान कोभिड–१९ को कारणले गर्दा यो अभियान ओझेलमा परेको बताए । उनले नागरिकलाई प्लास्टिकको झोलाको प्रयोगले गर्ने फाईदा तथा बेफाईदाका बारेमा जनचेतना फैलाउनको लागि गरिएको पहल खेर गएको दुखेसो पोखे ।

Next Post

पत्रकार महासंघ बाँकेको मतगणना जारी

२४ चैत्र २०७७, मंगलवार १९:३८
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३ सय २३ रहेकोमा २ सय ९६ मत खसेको बताए । कूलमतको ९१.६४ प्रतिशत मतदान भएको […]