कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामुहिक राजिनामा

सदरलाइन संवाददाता २४ चैत्र २०७७, मंगलवार १४:३८
 


सुर्खेत  : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागि रहेका तीन मन्त्रीले मंगलबार सामुहिक राजिनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिएका हुन । मन्त्रीको सामुहिक राजिनामा संगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार धरापमा परेको छ ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाएका हुन । राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेको थियो ।


तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । नेकपा विभाजनपछि एमालेले यहीँ चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।

कर्णाली प्रदेश सभामा ४० जना सांसद मध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् । यी मध्य नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

Next Post

नेपालगञ्जको प्लास्टिक मुक्त अभियान अलपत्र

२४ चैत्र २०७७, मंगलवार १४:३८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको प्लाष्टिक झोला मुक्त अभियान नारामा मात्रै सिमित हुँदा अलपत्र परेको छ । २ बर्ष अघिबाट प्लाष्टिक झोला मुक्त नगर बनाउने नीति र कार्यक्रम बनाए पनि प्लास्टिकको झोला प्रयोगमा भने कमी आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरको सो अभियान तत्कालिन अवस्थामा सक्रिय भए पनि हाल भने प्लाष्टिकका […]