भारतमा एकैदिन ९२ हजारमा कोरोना पुष्टि

सदरलाइन संवाददाता २२ चैत्र २०७७, आईतवार ११:४९
 

काठमाण्डौ : भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।


भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

Next Post

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामुहिक राजिनामा

२२ चैत्र २०७७, आईतवार ११:४९
सुर्खेत  : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागि रहेका तीन मन्त्रीले मंगलबार सामुहिक राजिनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिएका हुन । मन्त्रीको सामुहिक राजिनामा संगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार धरापमा परेको छ । एमालेबाट सरकारमा सहभागी […]

सम्बन्धित