हेभी इक्युपमेन्टका विद्यार्थीहरुलाई प्रशिक्षण

सदरलाइन संवाददाता २१ चैत्र २०७७, शनिबार १६:५२
 

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्राबिधिक तर्फका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । अस्थाई ट्राफिक प्रहरी पोस्ट गनापुरले नेपालगन्ज २० स्थित प्राबिधिक स्कुलका हेभी इक्युपमेन्ट तर्फका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना कार्यक्रम गरिएको गनापुर ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक पशुपति नाथले बताए ।

पढ्दै गरिएका विद्यार्थीहरुलाई भोलीका दिनका लागि सजिलो हुने उदेश्यका साथ ट्राफिक ऐन नियम, सुरक्षित यात्रा, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएको प्रहरी नायब निरीक्षक नाथले जानकारी दिए ।


बाँके ट्राफिक बर्तमान समयमा विद्यार्थी, सर्बसाधारण, चालक तथा सह–चालकहरुलाई दुर्घटना न्युनिकरणका लागि प्रशिक्षण दिँदै आएको छ ।

Next Post

नरैनापुरका आगलागी पिडितलाई डा.रोमनको सहयोग

२१ चैत्र २०७७, शनिबार १६:५२
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक एबम सर्जन डा.रोमन किदवाईले आगलागी पिडितहरुलाई राहत सहयोग गरेका छन् । डा. किदवाईले शनिबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदहाका आगलागी पिडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । डा. किदवाईले नरैनापुर आगलागी पिडितहरुलाई १ लाख रुपैयाँ बराबरको ६० कार्टुन बिस्कुट सहयोग गरेका […]