बाँकेमा हात्तिपाईले रोगबिरुद्धको आमऔषधि सेवन सुरु

सदरलाइन संवाददाता २० चैत्र २०७७, शुक्रबार १२:५५
 

नेपालगञ्ज: बाँके जिल्लाका ८ वटै स्थानीय तहमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन सुरु भएको छ । बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोगबिरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

यस्तै राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

आजदेखि सुरु भएको अभियान बाँकेमा ११ औं पटक हो । हात्तिपाइले रोगविरुद्धको औषधि नखाइदिएका कारण जिल्लामा हात्तिपाइले रोग विरुद्धको अभियान जारी छ । बाँकेमा औषधि खाने दर ७४ प्रतिशत मात्रै छ । ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्र र पढेलेखेकै मानिसहरुले औषधि नखाइदिने गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।

नेपालगन्ज, कोहलपुर, खजुरालगायतका सहरी क्षेत्रमा औषधि सेवन गर्नेको संख्या कम छ । शत्प्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिले २५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

गर्भवती, सुत्केरी र सिकिस्त बिरामी बाहेक २ वर्षमाथिका सबैले औषधि सेवन गर्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आजदेखि बाँके सहित १२ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि अभियान सुरु भएको हो ।

Next Post

नेपालगञ्जमा आधुनिक कस्मेटिक पसल सञ्चालनमा

२० चैत्र २०७७, शुक्रबार १२:५५
नेपालगञ्ज : नेपालगञ्जमा पहिलोपटक अन्तराष्ट्रिय ब्राण्डको मेकअपको लागि आवश्यक सामाग्रीको भरपर्दो पसल सञ्चालनमा आएको छ । अमेरिकि ब्राण्डको प्रिटिक्लिक नेपालगञ्जको न्युरोडमा कस्मेटिक पसल संचालनमा आएको हो । स्किन केयर र मेकअपको शतप्रतिशत ओरिजिनल र प्रमाणिकरण सामग्री मात्र पाइने यो पसल पश्चिम नेपालमा पहिलो र नेपालकै १७ औं शाखाको रुपमा शुक्रबारदेखि […]

सम्बन्धित