बाँकेको राप्तीसोनारी–३ मा पुग्यो विद्युत स्थानीय हर्षित

लक्ष्मी तिमिल्सेना १८ चैत्र २०७७, बुधबार १९:५९
 


राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका–३ र ४ मा विद्युत पुगेको छ । गाउपालिकाको ४ करोड लगानीमा विद्युत विस्तर गरिएको गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

उनले पालिकालाई अध्यारोबाट मुक्त पार्नको लागि राप्तीसोनारी गाउंपालिकाले गत आर्थिक बर्ष ०७६÷०७७ मा बिद्युत सम्वन्धी नीति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउंपालिकाको वडानम्बर ३ बैशामा गत बर्षको चैत्र ६ गते पहिलो पोल गाढेर सुरुवात गरिएको बिद्युितकरणले वडानम्बर ३ अध्यारोबाट मुक्त गरिएको बताए ।

त्यसै गरी वडानम्बर ४ मा पनि अधिकांस ठाउंमा बिद्युत बिस्तारको कार्य सम्पन्न भईसकेको गाउंपालिकाका अध्यक्ष थारुले बताए । ग्रामिण क्षेत्रमा बिद्युत बिस्तार सगै बांके जिल्लाको बिकट क्षेत्र मानिएको राप्तीपारीका सबै घरमा बिद्युत बिस्तार कार्यलाई बिद्युत प्राधिकरणले पनि प्रथामिकताका साथ आफनो कार्य अगाडी बढाएको विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन प्रमुख सुभाष गौतमले जानकारी दिए ।

राप्तीसोनारीमा विद्युतिकरणको लागि जनप्रतिनिधि तथा स्थानीय जनताको साथ र सहयोग निरन्तर रहेको बिद्युत प्राधिकरण धामपुर उपकेन्द्रले बताएको छ ।

बिद्युत बिस्तार कार्यको १ बर्षअघी गरिएको शिलन्यास बुधबार एक समारोह बीच उदघाटन गरिएको छ । सो बिस्तारका लागि गाउंपालिकाले ३ करोड ५४ लाख ४५ हजार रुपैया बिनियोजन गरेको थियो ।

यसैबीच राप्तीसोनारीमा विद्युतिकरण गरिएको अवसरले अबिर जात्रा समेत गरेका छन् । गाउपालिका अध्यष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री ,वडा अध्यक्ष गंगाराम थारु विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन प्रमुख सुभाष गौतमलगायतलाई स्थानीयले अविर माला लगाई उत्सव मनाएका थिए ।

Next Post

बिहीवार ‘अप्रिल फुल डे’

१८ चैत्र २०७७, बुधबार १९:५९
नेपालगञ्ज : बिहीवार अप्रिल महिनाको १ तारिख अर्थात अप्रिल फुल डे । हरेक वर्षको अप्रिल पहिलो तारिखमा अप्रिल फुल मनाउने गरिन्छ । यो दिन एकले अर्कोलाई झुक्याएर खुशी साटासाट गरिन्छ । यसदिन झुठो बोले पनि छुट हुने मान्यता रहँदै आएको छ । विशेषगरी बालबालिकाहरु अप्रिल फुल मनाएर खुशी हुने गर्छन् […]