कमलको विजयी सुरुआत

सदरलाइन संवाददाता १८ चैत्र २०७७, बुधबार १९:३२
 


काठमाडौं : कमल इङलिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन लाउन्सलाई २–१ र माउन्ट ग्लोरीले कुलेश्वर ‘बी’ लाई ४–० गोलले हराए ।

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा १४ की अध्यक्ष शोभा सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारले जनाएका छन् ।

विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउट आधारमा भइरहेको प्रतियोगिताको फाइनल शुक्रबार हुने छ ।

Next Post

बाँकेको राप्तीसोनारी–३ मा पुग्यो विद्युत स्थानीय हर्षित

१८ चैत्र २०७७, बुधबार १९:३२
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका–३ र ४ मा विद्युत पुगेको छ । गाउपालिकाको ४ करोड लगानीमा विद्युत विस्तर गरिएको गाउपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनले पालिकालाई अध्यारोबाट मुक्त पार्नको लागि राप्तीसोनारी गाउंपालिकाले गत आर्थिक बर्ष ०७६÷०७७ मा बिद्युत सम्वन्धी नीति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउंपालिकाको वडानम्बर […]