नेपालगञ्ज र भैरहवाको उडान संख्या थपिँदै

सदरलाइन संवाददाता १८ चैत्र २०७७, बुधबार १३:४१
 

नेपालगञ्ज : बुद्ध एयरले काठमाण्डौबाट नेपालगञ्ज र भैरहवाका लागि उडान संख्या थप गर्ने भएको छ । काठमाण्डौबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि ५ उडान गर्ने भएको छ । त्यस्तै भैरहवामा दैनिक ९ उडान गर्ने भएको छ ।

बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो । त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान पनि थप गर्ने जानकारी दिएको छ । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ ।

बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

Next Post

उसु अवार्डलाई नागरिक विकास र यो योको साथ

१८ चैत्र २०७७, बुधबार १३:४१
काठमाडौं : नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका […]

सम्बन्धित