होलीमा बाँके प्रहरीद्वारा ७६ जना पक्राउ

सदरलाइन संवाददाता १७ चैत्र २०७७, मंगलवार १५:३७
 

नेपालगञ्ज : बाँकेमा होली खेल्ने क्रममा होहल्ला गर्दै उच्छृङ्खल गतिविधि गर्ने ७६ जना प्रहरीको फन्दामा परेका छन् ।

होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी झगडा गर्ने, मोटरसाइकलमा तीन जना सवार गर्ने र हेल्मेट नलगाई मोटरसाइकल चलाउने ७६ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।


त्यस क्रममा ६८ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको थियो। तर, पक्राउ परेका ब्यक्ति र मोटरसाइकललाई कानुन वमोजिम कारवाही गरी आफन्तको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपपछि बाँके प्रशासनले सार्वजनिक स्थानमा होली नखेल्न आग्रह गरेको थियो । बाँके प्रहरीले सार्वजनिक सूचना नै जारी गरेर सचेत गराएको थियो ।

Next Post

स्थानीयतहका शिक्षा शाखा प्रमुखलाई अनेरास्ववियू बाँकेको ध्यानाकर्षण

१७ चैत्र २०७७, मंगलवार १५:३७
नेपालगञ्ज : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले जिल्लाका आठवटै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समय जिल्ला तथा नगर क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम बढ्दै गएको र विद्यालय क्षेत्रमा उच्च सतकर्ता अपनाउनु पर्ने माग सहित अनेरास्वावियू बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो । मंगलबार विहान अनेरास्वावियू बाँकेका संयोजक दिनेश […]