पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु l

सदरलाइन संवाददाता १७ चैत्र २०७७, मंगलवार १४:३८
 

Person underwater raising right hand, water, death, drowning HD wallpaper |  Wallpaper Flare

नेपालगन्ज : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्य को मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।


राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिक नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको उपरीक्षक रविन्द्र खनाल बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो । शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

होलीमा बाँके प्रहरीद्वारा ७६ जना पक्राउ

१७ चैत्र २०७७, मंगलवार १४:३८
नेपालगञ्ज : बाँकेमा होली खेल्ने क्रममा होहल्ला गर्दै उच्छृङ्खल गतिविधि गर्ने ७६ जना प्रहरीको फन्दामा परेका छन् । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी झगडा गर्ने, मोटरसाइकलमा तीन जना सवार गर्ने र हेल्मेट नलगाई मोटरसाइकल चलाउने ७६ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । त्यस क्रममा ६८ वटा […]