कोहलपुरको मन्नापुरमा बाख्रा उपाहार कार्यक्रम

सदरलाइन संवाददाता १५ चैत्र २०७७, आईतवार १५:४४
 


कोहलपुर (बाँके ) : बाँकेको कोहलपुर नगरपालिकाले विपन्न गृहणी महिलाको आयस्तर उकास्न ‘बाख्रा उपाहार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोहलपुर नगरपालिकाले विभिन्न ९ वटा वडामा ८० समूह निर्माण गरी २ हजार विपन्न महिलाको बीचमा सो कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग हेफर ईन्टरनेशनलको प्राविधिक सहयोग र महिला उपकार मन्चको व्यवस्थापनमा गठित मूल समुहले बहिनी समुहलाई आफुले उत्पादन गरेको पहिलो पोथी सन्तान १८ महिनापछि उपाहार दिनु पर्ने नियम अनुसार आईतबार कोहलपुर–१० मन्नापुरमा सामुहिक बाख्रा बितरण गरिएको हो ।

नगरप्रमुख रावतले साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्र्तरगत बाख्रा उपहार कार्यक्रम ल्याईएको बताउदै निम्नस्तरका गृहणी महिलाहरुको आर्थिक अवस्था उकास्नको लागि ल्याईएको कार्यक्रमको सदुपयोग गरी फाईदा उठाउन आग्रह गरे ।

महिला उपकार मन्चका अध्यक्ष विजुला अधिकारीले कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये वडा नं.१, २, ३, ७, ८, १०, १२, १३ र १४ गरि ९ वटा वडामा गठित ८० वटा समुहमा १५० बाख्रा र ३० बोका गत बर्ष र यस वर्ष पनि १५० बाख्रा र १५ बोका समुह मार्फत वितरण गरिएको जानकारी दिईन । उनले सबै समुहका सदस्यहरुलाई आधारशिला तालिम समेत दिएको साथै यस्तो तालिमले बाख्रा पालनसंगै बचत गर्नका लागि सजिलो हुने बताईन ।

दिदी समुहका माया रावतले आफुले उत्पादन गरेको बाख्राको पहिलो पुस्ता उपहार स्वरुप बहिनी समुहलाई दिन पाउदा खुसी लागेको बताईन । यस्तै बहिनी समुहका राजकन्या जैसीले आफु समुहमा बसेको ८ महिना भित्रै उपहार स्वरुप बाखा पाउदा निक्कै उत्साहित भएको प्रतिकृया दिईन । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत छबिलाल नेपाली, वडा अध्यक्ष निरज चलाउने, कार्यपालिका सदस्य भिमबहादुर नेपाली, डिलबहादुर परियार, लगायतको सहभागिता रहेको थियो ।

Next Post

सुदुरपश्चिमको स्टारसिटीको कब्जामा उपाधि, घरेलुटिम लुम्बिनीको धम्बोझी क्लव भयो दोस्रो

१५ चैत्र २०७७, आईतवार १५:४४
नेपालगञ्ज  : एन्फा प्रेसिडेन्ट लिग– २०७७ को उपाधि माथि सुदुरपश्चिमको स्टारसिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे कब्जा जमाउदा घरेलु टिम लुम्बिनी प्रदेशको धम्बोझी क्लव दोस्रो स्थानमा आएको छ । नेपालगञ्ज रंगशालामा जारी आइतबार भएको अन्तिम खेलमा स्टारसिटीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गर्दै आफ्नो अपराजित […]