राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेमा कृष्णप्रसाद श्रेष्ठ

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १७:००
 

नेपालगञ्ज : राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

बरिष्ठ उपाध्यक्षमा नमप्रसाद शर्मा, उपाध्यक्षमा विष्णुप्रसाद गौतम, सन्जय अग्रवाल, सुदिप पौडेल, राजेन्द्र गिरी, उषा भण्डारी रहेका छन् । त्यस्तै सचिवमा भीमबहादुर रानाभाट, सहसचिवमा सीता रेग्मी र कोषाध्यक्षमा भीम सुवेदी सर्बसम्मत चयन भएका छन् ।


अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा, जिल्ला संयोजक सुर्य ढकाल लगायतको सहभागिता रहेको थियो ।

Next Post

शुक्रबारको खेलमा मनकामना र सैनिक युथ क्लबको जित

१३ चैत्र २०७७, शुक्रबार १७:००
नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ फुटबलमा मनकामना युवा क्लब रौतहटले त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमती प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ । सैनिकको जितमा जीवन […]