बाँकेमा चैत २० देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

सदरलाइन संवाददाता १२ चैत्र २०७७, बिहीबार १७:३६
 

नेपालगञ्ज : बाँकेमा पौने ६ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य कार्यालय बाँकेले बिहीवार नेपालगञ्जमा पत्रकार अन्तरक्रिया गरेर हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रमबारे जानकारी गराएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने जानकारी दिए । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको बुथमा औषधि खुवाउनेछन् ।


गर्भवती, सुत्केरी र सिकिस्त विरामी बाहेक २ वर्ष माथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ । चैत २० गतेदेखि बाँकेसहित १२ जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ ।

बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन शुरु गरिएको हो ।

Next Post

सुदूरपश्चिमको स्टारसिटी विजयी

१२ चैत्र २०७७, बिहीबार १७:३६
नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल–२०७७ बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशको स्टार सिटी क्लव कैलालीले कर्णाली प्रदेशको लेकाली युवा क्लव जुम्लालाई ७–१ को अन्तरले विजयी भएको छ । स्टारसिटीको जीतमा स्टरसिटीका तर्फबाट जसीनं. १७का रुपबहादुर लामाले हेट्रिक सहित ५ गोलको योगदान रहेको थियो । उनले खेलको ३६, […]