करेन्ट लागेर बाँकेमा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता ११ चैत्र २०७७, बुधबार १७:४९
 

नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा ६ बजे आफ्नै घर भत्काउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर खाँ घाइते भएको थिए ।

उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

बुधबारको खेलमा धम्बोझी र त्रिवेणी विजयी

११ चैत्र २०७७, बुधबार १७:४९
नेपालगञ्ज : एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबारको खेलमा लुम्बिनी प्रदेशको धम्बोझी युवा क्लव नेपालगञ्ज र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङले जित हासिल गरेका छन । यो जित संगै दुबैले ९–९ अंक बटुलेका छन् । बुधबार नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० […]

सम्बन्धित