बाँकेमा बस र टिपर ठोक्किँदा ५ जना घाइते

सदरलाइन संवाददाता ११ चैत्र २०७७, बुधबार १७:२९
 

नेपालगञ्ज : बाँकेमा बस टिपर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुधवार बिहान ९ बजे नेपालगञ्ज कोहलपुर सडकखण्डमा पर्ने गनापुरमा एकै दिशातर्फ जाँदै गरेका टिपर र बस ठोक्किएका हुन् ।

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना ६ ख ७८८२ नम्बरको बस र भे १ क १४९९ नम्बरको टिप्पर ठोक्किँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । सडकबाट मोड्ने क्रममा रहेको टिपरलाई पछाडिबाट आइरहेको बसले ठक्कर दिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।


घाइते ५ जना मध्ये एक जना बालकको अवस्था अलि जटिल रहेको ट्राफिक प्रहिले बताएको छ । प्रहरीले टिपर र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Next Post

करेन्ट लागेर बाँकेमा एक जनाको ज्यान गयो

११ चैत्र २०७७, बुधबार १७:२९
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा ६ बजे आफ्नै घर भत्काउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर खाँ घाइते भएको थिए । […]