क्षयरोगबाट बाँकेमा ५८ जनाको मृत्यु

सदरलाइन संवाददाता १० चैत्र २०७७, मंगलवार १७:३९
 

नेपालगञ्ज : बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरिएको हो ।

क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग र कुष्टरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आर्थिक वर्ष र चालु आवका ७ महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ३८ र चालु आर्थिक वर्षमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले प्रष्ट पारे ।


लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नम्बरमा रहेको उनले बताए । सबैभन्दा बढी रुपन्देहीमा एक हजार एक सय ६३, दोस्रो दाङमा नौ सय १६ र तेस्रो बाँकेमा आठ सय ३३ क्षयरोगी छन् । यो अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हो । यो वर्षका सात महिनामा थपिएका चार सय ७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार तीन सय आठ जना क्षयरोगी भएका छन् ।

Next Post

बाँकेमा बस र टिपर ठोक्किँदा ५ जना घाइते

१० चैत्र २०७७, मंगलवार १७:३९
नेपालगञ्ज : बाँकेमा बस टिपर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुधवार बिहान ९ बजे नेपालगञ्ज कोहलपुर सडकखण्डमा पर्ने गनापुरमा एकै दिशातर्फ जाँदै गरेका टिपर र बस ठोक्किएका हुन् । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना ६ ख ७८८२ नम्बरको बस र भे १ क १४९९ नम्बरको टिप्पर ठोक्किँदा […]