साढे १८ लाख वरावरको खोज तथा उद्दार सामग्री हस्तान्तरण

सदरलाइन संवाददाता ९ चैत्र २०७७, सोमबार १९:२७
 

नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई विपदको बेलामा आवश्यक पर्ने खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको बताए ।

उनले जिल्लामा विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।


सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का वेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले सशस्त्र प्रहरी वल ३० न गणलाई ३७ प्रकारको, नेपाली सेनाको भैरवप्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेका हुन l

त्यसैगरि नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकालाई १/१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

Next Post

खोरबाटै भाग्यो नरभक्षी बाघ, सतर्क रहन आग्रह

९ चैत्र २०७७, सोमबार १९:२७
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले गंगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत […]