एन्फा प्रेसिडेन्ट लिग–२०७७

धम्बोझी हार्दा कैलाली र धादिङ्ग बराबरीमा

सदरलाइन संवाददाता ९ चैत्र २०७७, सोमबार १९:१४
 


नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा  स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं मिनेटमा गोल गदै खेललाई बराबरीमा पु्राएका हुन ।

त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहले पुरस्कृत गरे ।


त्यसअघि सोमबार भएको पहिलो खेलमा सैनिकको तर्फबाट सुनिल खड्काले २० मिनेट, सुशिल लामाले ३३ मिनेट र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले ५ मिनेट र बिसन गुरुङले ८०औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिक युथका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठोरले पुरस्कृत गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन । प्रतियोगिताको उत्कृष्ट सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

Next Post

साढे १८ लाख वरावरको खोज तथा उद्दार सामग्री हस्तान्तरण

९ चैत्र २०७७, सोमबार १९:१४
नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई विपदको बेलामा आवश्यक पर्ने खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज […]