विपद प्रतिकार्य तालिम सम्पन्न

सदरलाइन संवाददाता ९ चैत्र २०७७, सोमबार १६:१९
 

(राप्तिसोनारी) बाँके: लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रालयको आयोजनामा बाँकेको राप्तिसोनारी गाँउपालिकामा विपदप्रतिकार्य तालिम सम्पन्न भएको छ । लुुम्बिनी प्रदेश सरकारको आयोजनामा र राप्तिसोनारी गाँउपालिकाको संयोजनमा सबै वडाबाट प्रतिनिधित्व रहको स्थानीय स्वयमसेवक, प्रहरी, रेडक्रशकर्मी र जनप्रतिनिधिलाई लक्षित गरी विपद प्रतिकार्य तालिम दिईएको हो ।

तालिम उद्घाटन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तिसोनारी गाउपालिकाबाढी, आगलागी र सडक दुर्घटनाको कारण जिल्ला मै अत्यन्तजोखिम रहेकाले त्यस्ताविपदमा नागरिकको जनधनको क्षेतीलाई जोगाउने उद्देश्यलेपुर्व तयारीको लागि समुदाय स्तरकै सहभागिता हुने तालिमले ठूलो मद्दत पुग्ने बताए ।

राप्तिसोनारी गाँउपालिका बाढी, डुवान, आगलागी र सडक दुर्घटनाको जोखिमका हिसावले बढी जोखिममा रहेकाले सो तालिम सन्चालन गरिएको लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रालय अन्र्तगतको विपद व्यवस्थापन शाखा प्रमुख बाबुरामपन्थिले जानकारी दिए ।

उनले लुम्विनी प्रदेशका १० जिल्लाका १० वटा स्थानीय तहमा यस्तो खालको तालिम सन्चालन गरिने र यसबाट २ सय ५० जनालाई विपदको बेलामा उद्दारमा खट्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्य रहेको बताए । सो तालिममा हाल सम्म ५ जिल्लाका ५ वटा स्थानीय तहबाट १ सय २५ जनालाई दिईएको छ ।


तालिममा विपद्को पुर्व तयारीका लागि स्थानीयले कसरी विपदबाट हुने क्षतिलाई कम गर्न सक्छन् भन्ने बिषयमा प्रशिक्षार्थीलाई सिकाईएको तालिमका सहजकर्ता खिलनाथ दाहालले जानकारी दिए ।

यो समुदाय स्तरको आधारभुत तालिमले समुदायमा हुने घटना दुर्घटनाबाट जनधनको क्षति कम हुन र जीबन रक्षाका लागि सहयोग पुग्नुको साथै यसबाट आधारभुत खोज उद्दार गर्ने सिप र घाईतेको प्राथामिक उपचार कसरी गर्ने भन्ने लगायतको विषयमा सिकाईएको छ ।
यस्ता तालिमहरुले राप्तीसोनारी गाउपालिका भित्र भोलिका दिनमाआईपर्ने समस्या तथा विपद प्रतिकार्यमा सहयोग पुर्याउने र विपदबाट हुन सक्ने ठूलो क्षति न्यूनिकरण गर्न सकिने सहभागितथा स्थानीय युवा सुशील चौधरी बताउछन् ।

प्राकृतिक, मानवीय वा अन्य विभिन्न कारणबाट आकस्मिक रुपमा समाजमा घट्न जाने घटना भएकोले यस्ताआपतकालिन परिस्थितिको लागि तयारी योजना र महिला, किशोरकिशोरी तथा बालबालिकाको उद्दार र प्राथामिक उपचारका लागि यो तालिमले सघाउने र विपद्मा स्थानीय सरकारहरुलाई सहयोग गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

तालिममा विपद्को पुर्व तयारीका लागि पालिकाले कस्तो तयारी गर्नुपर्छ, कस्ता सामाग्रीहरुको जोहो गरी राख्नुपर्छ भन्ने बिषयमा  जानकारी गराईएको तालिम तीन दिनसम्म सञ्चालन भएको थियो । तालिमका सहभागिलाई सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो ।

Next Post

बाघको छाला र हड्डीसहित बाँकेमा चार जना पक्राउ

९ चैत्र २०७७, सोमबार १६:१९
नेपालगञ्ज : बाँकेमा पाटेबाघको छालासहित ४ जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर १ च्यामाबाट सुर्खेतको विरेन्द्रनगर ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई ४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला ४ का ३८ वर्षीय जयलाल नेपाली पक्राउ […]