एक नेपाली ४० वर्षपछि भारतीय जेलबाट छुटे

सदरलाइन संवाददाता ७ चैत्र २०७७, शनिबार १५:००
 

काठमाण्डौ : भारतको कारागारमा ४० वर्ष थुनामा रहेका इलामको माई नगरपालिका–१० का दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) थुनामुक्त भएका छन् । उनी शनिबार दिउँसो थुनामुक्त भएका हुन् ।

पश्चिम बंगालको कोलकतास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका तिम्सिनालाई रिहाइ गर्न उच्च अदालत कोलकताको आदेशमा थुनामुक्त भएका हुन् । उच्च अदालतले उनलाई रिहाइ गर्न बुधबार आदेश दिएको थियो ।


अदालतको आदेश आएपछि भाइ प्रकाशचन्द्र तिम्सिना र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेत कोलकाता पुगेका थिए । दीपकलाई चन्द्रप्रकाशको जिम्मामा थुनामुक्त गरिएको हो । दीपकबारे उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई ६÷६ महिनामा जानकारी गराउनुपर्ने छ ।

Next Post

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

७ चैत्र २०७७, शनिबार १५:००
दाङ : घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगविरुद्ध स्थानीयवासीले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर […]