अवैधरुपमा गिट्टी ओसार्ने टिपर नियन्त्रणमा

सदरलाइन संवाददाता ७ चैत्र २०७७, शनिबार १४:४४
 

नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिकाबाट रातारात अवैध रुपमा कोहलपुर बेच्न लैजादै गरिएको गिट्टीसहित २ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

राप्ती सोनारी ४ लालपुरको क्रसरबाट अबैध रुपमा रातारात गिट्टी लैजादै गरिएको भे १ क १८०७ र भे १ क १८०८ नम्बरको २ वटा टिपरलाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ,पत्रकार र प्रहरीको संयुक्त टोलीले अगैया पुलबाट शुक्रवार राती ९ बजे नियन्त्रणमा लिएको अस्थाई प्रहरी चौकी अगैयाले जानकारी दिएको छ ।

हुलाकी लोकमार्गको नाममा क्रसर सञ्चालन गरेको खड्का कृष्ण कन्स्ट्रक्शनले बिकास निर्माणमा खपत नगरी अबैध रुपमा जिल्लाको विभिन्न स्थानमा गिट्टी, बालुवा बेच्दै आएको छ । जसले गर्दा समयमा योजना सम्पन्न गर्नेमा शंका उत्पन्न हुदै आएको छ । कानुन अनुसार उक्त योजना बाहेक अन्यत्र लैजान र किनबेच गर्न नपाउने भएपनि उक्त कन्स्ट्रक्सनले खुलेयाम नदिजन्य पदार्थ बेच्ने गरेको स्थानीयहरुको गुनासो छ ।


खड्का कृष्ण कन्स्ट्रक्सनले राप्ती सोनारी ६ फत्तेपुर नहर नजिक बाटोमै ग्राभेल डम्पिंङ्ग गरेर नेपालगन्ज लगायत अन्य स्थान ओसार्ने गरेको छ । यसअघि २ टिपर गिट्टीसहित इलाका प्रहरी कार्यालय धामपुरले अन्यत्र नबेच्ने सर्तमा कागज गरि छोडेको थियो ।

कन्स्ट्रक्सनका उक्त छेत्र हेर्दै आएका नर बहादुर केसीले पत्रकार समक्ष अन्यत्र लैजान दिनुपर्ने माग राख्दै सबैलाई मिलाएको उल्लेख गरेका छन् । नियन्त्रणमा लिईएका टिपर चालकहरुले कोहलपुर लगायतका स्थानमा आफुहरुले दैनिक रुपमा गिट्टी ओसार्दै आएको पत्रकारलाई जानकारी दिदै लालपुर क्रसरबाट अन्यन्त्र लैजान मिल्ने वा नमिल्ने बिषयमा ठेकेदारहरुले जानकारी नगराएको गुनासो गरेका छन् ।

यसअघि कल्भर्ट र वाल निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै चौतर्फी बिरोध भएको थियो ।

Next Post

एक नेपाली ४० वर्षपछि भारतीय जेलबाट छुटे

७ चैत्र २०७७, शनिबार १४:४४
काठमाण्डौ : भारतको कारागारमा ४० वर्ष थुनामा रहेका इलामको माई नगरपालिका–१० का दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) थुनामुक्त भएका छन् । उनी शनिबार दिउँसो थुनामुक्त भएका हुन् । पश्चिम बंगालको कोलकतास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका तिम्सिनालाई रिहाइ गर्न उच्च अदालत कोलकताको आदेशमा थुनामुक्त भएका हुन् । […]