सिकाई परियोजनाको सरोकारवालाहरुद्वारा संयुक्त अनुगमन

सदरलाइन संवाददाता ४ चैत्र २०७७, बुधबार १८:३०
 


बर्दिया  :  बर्दियामा सिकाई परियोजना संचालन भएका स्थानीय तहका सामुदायिक विद्यालयमा परियोजना सञ्चालन भएपछिको अवस्था बुझ्नको लागि सरोकारवालाहरुले अनुगमन गरेका छन् ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दिया जिल्लाको ठाकुरबाबा र बारबर्दिया नगरपालिका र गेरुवा गाउपालिकाको समन्वयमा सिकाइ परियोजना संचालन भएको छ ।

ठाकुरवावा नगरपालिका–२ मा रहेको ज्ञानोदय प्राथामिक विद्यालय वडानं ९ काबेश्वर आधारभुत विद्यालय, बारबर्दिया नगरपालिकाको वडानं ६ मा रहेको नवज्योती आधारभुत विद्यालय वडानं ३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, गेरुवा गाउँपालिकाको वडानं ५ मा रहेका सरस्वती आधारभुत विद्यालय, कृष्ण दुर्गा आधारभुत विद्यालयमा अनुगमन गरिएको हो ।

‘आजका बालबालिका भोलीका देशका कर्णधार’ भएको र विकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान नेपाल र स्याक नेपाल बाँकेलेको साझेदारी तथा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानीय तहमा संचालन गरिएको सिकाइ परियोजनालाई उपलब्धी मुलक बनाउनका लागि पालिकासंगको समन्वय र सहकार्य गरी सस्थाले काम गरिरहेको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

अनुगमनमा ठाकुरबाबा नगरपालिकाको नगर प्रमुख घननारायण श्रेष्ठ, बारबर्दिया नगरपालिका नगरप्रमुख दुर्गा बहादुर थारु (कबिर), गेरुवा गाउपालिका उपाध्यक्ष हिमकुमारी थारु ठाकुरबाबाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा अधिकृत सिता कुमारी भण्डारी, बारबर्दिया नगरपालिका प्रबक्ता दुर्गाबहादुर बिश्वकर्मा, शिक्षा शाखा प्रमुख टेकप्रसाद पाण्डे, गेरुवा गाउपालिका शिक्षा शाखा प्रमुख नमराज अधिकारी, वडा अध्यक्ष धर्म प्रकाश चोधरी, स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्मा, सुपरभाइजर राजकुमारी चौधरी, दशलाल चौधरी, सिमा वलीलगायतको सहभागितामा ३ दिनसम्म ६ वटा विद्यालयमा अनुगमन निरिक्षण गरेका थिए ।


अनुगमनका क्रममा परियोजना संचालन हुनु पुर्वको अबस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत विद्यालय ब्यबस्थापन समिति, अभिभावक तथा शिक्षकसंग अन्तरकृया गरिएको थियो । अनुगमनका क्रममा बालबालिकाहरुको सुरक्षित बसाइका लागि भौतिक पुर्वाधार, कक्षाकोठाको ब्यबस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार र बालकेन्द्रित शैक्षिक वातावरण भए नभएको निरिक्षण गरिएको कार्यक्रम अधिकृत शर्माले जानकारी दिए ।

यसका साथै औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षाकोठामा शैक्षिक सामाग्रीको ब्यबस्था, कक्षाकोठामा सुचना प्रबिधिको प्रयोगको अबस्थाका बारेमा कक्षा कोठा अबलोकन एवम छलफल गरिएको थियो । अनुगमनका सहभागीहरुलाई प्राधानाध्यापकले परियोजना माफर्त विद्यालयमा संचालन भएका कृयाकलाप र कृयाकलाप संचालनपछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराएका थिए ।

Next Post

सुदूरपश्चिमको स्टारसिटी विजयी

४ चैत्र २०७७, बुधबार १८:३०
नेपालगञ्ज  :  नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ को बुधबारको खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ । यो जितसंगै एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा स्टार सिटीको लगातार दोस्रो जित हासिल गरेको हो । बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ […]

सम्बन्धित