विहारमा ग्यास सिलिन्डर विस्फोट, एकै परिवारका ५ को मृत्यु

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार १६:५०
 

काठमाण्डौ : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ ।

झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ । विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन् ।

उनको किशनगञ्जको अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट घरमा पूर्णरुपमा जलेर नष्ट भएको छ । दमकलसहितको सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एकै परिवारका बालबालिकासहित पाँचको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

Next Post

किशोरी बलात्कार आरोपमा चार जना पक्राउ

२ चैत्र २०७७, सोमबार १६:५०
डडेल्धुरा : परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् । चार–पाँच महिना अगाडिदेखि ललाई फकाई प्रलोभन देखाउँदै पटक पटक बलात्कार गरेको भन्दै प्रहरी चौकी शीर्षमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गरेपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । आरोपित एक जनाको खोजी जारी रहेको जिल्ला […]