उपभोक्ता अधिकार दिवसमा तीन जना सम्मानित

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार १६:१५
 

नेपालगञ्ज : विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपालगञ्जमा सोमवार तीनजनालाई सम्मान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अधिवक्ता वसन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिटमार्टका दिपेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मेयर डा. धवलशम्शेर राणा लगायतले सम्मानपत्र प्रदान गरे ।

नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले उपभोक्ता स्वयम सेचत हुनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा मेयर राणाले उपभोक्ता सचेत हुने, उद्योगी ब्यवसायी आफैमा सचेत भएमा महत्वपूर्ण उपलब्धी हुने बताए । उपमेयर मगरले अनूगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वाणज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,घरेलु कार्यालयका प्रमुख मोहन सुवेदी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी, बाँके चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी,उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष सुरेन्द्र कार्की लगायतले उपभोक्ता अधिकारबारे सचेतनामुलक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।

Next Post

दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट

२ चैत्र २०७७, सोमबार १६:१५
दाङ : दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट […]