सारथी फाउण्डेशनको विद्यालय स्वच्छता अभियानमा ५० हजार विद्यार्थी जोडिदै

रुद्र सुवेदी २ चैत्र २०७७, सोमबार १६:०३
 


नेपालगञ्ज : सारथी फाउण्डेशन नेपालले सन २०२१ मा नेपालका सामुदायिक विद्यालय तथा मदरसामा स्वच्छता अभियान सञ्चालन गरी ५० हजार विद्यार्थीलाई सो अभियानमा जोड्ने भएको छ ।

फाउण्डेशनका अध्यक्ष ध्रुव देवकोटाले सो अभियानको सुरुवात बाँकेबाट गर्दै आगामी वर्षदिन भित्र ५० हजार विद्यार्थी माझ विद्यालय तथा मदरसा स्वच्छता कार्यक्रम मार्फत सरसफाई कार्यक्रम पुराउने तयारी रहेको जानकारी दिए । उनले यो अभियान पाहाड तराई दुबै स्थानलाई लक्षित गर्दै सञ्चालन गरिने बताए ।

कोभिड–१९ कोरोना भाईरसको संत्रासको कारण पुरा विश्व नै त्राहिमाम भएको बेलामा स्वच्छता अभियान घर–घरमा पुराउनको लागि बालबालिका सबै भन्दा प्रभावकारी हुने भएकोले विद्यालय तथा मदरसा स्वच्छता अभियान सुरु गरिएको उनले दाबी गर्दै भने–‘व्यक्तिगत सरसफाईका कुरा घरघरमा पुराउनको लागि विद्यालयका बालबालिका नै भरपर्दो प्रशिक्षक हुन त्यसैले विद्यालय मदरसा स्वच्छता अभियान सुरु गरिएको हो ।

सारथी फाउण्डेशनको तर्फबाट विद्यार्थीलाई मंजन, बु्रस, हात धुने सावुन लगायतका सामाग्रीहरु समेत उपलब्ध गराएको छ । उनले बाँकेको दारुल उलुम बरकातिया मावि मदरसा नेपालगञ्ज र नेपाल राष्ट्रिय मावि फत्तेपुरबाट सो अभियानको सुरुवात गरेको बताए । उनले भने–‘सारथी फाउण्डेशन कुनै दात्रृ निकायको सहयोगबाट संचालन भएको सस्था नभई आफैले आर्जन गरेको कमाईबाट विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छौ ।’

लामो समय शिक्षाको क्षेत्रमा क्रियाशिल सेभद चिल्डे«नमा आवद्ध रहेका देवकोटाले सारर्थी फाउण्डेशन मार्फत विपन्न बालिकालाई शिक्षामा पहुँच पुराउने उद्देश्यले यसै वर्षदेखि ५० जना विपन्न बालिकालाई उच्च शिक्षासम्म पढाउने गरी छात्रबृत्तिको घोषणा गरेका छन् ।


उनले घोषणा गरेको छात्रबृत्तिको बारेका जानकारी दिदै भने–‘सामुदायिक विद्यालयमा पढाउनु पर्ने, २० वर्ष पछि मात्र विवाह गर्ने र असामाजिक गतिबिधिमा नलागेका विपन्न बालिकालाई विद्यालयमा भर्ना गर्ने, स्टेशनरी, पोषाक र सिलाउने ज्याला समेत दिदै शिक्षाको लागि आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउने योजना छ ।’

उनले विपन्न बालिकालाई शिक्षामा जोड्नको लागि अभियान सुरु गरेको भए पनि पढाईबाट बञ्चित रहेको विपन्न बालक घोषित छात्रबृत्ति माग गर्दै आएमा उसलाई पनि शिक्षाबाट बञ्चित नहुने गरी उनीहरुलाई पनि सोही सर्तमा पढाई खर्च उपलब्ध गराउन सकिने उनले बताए ।

यसैबीच बाँकेका ६ जना र बर्दियाका दुई जना बालिकालाई सो छात्रबृत्तिमा छनौट गरि सकेको देबकोटाले जानकारी दिए । उनले भने–‘ प्ररम्भिक चरणमा बाँकेका छ वटी छोरी र बर्दियका दुई छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी सारथी फाउण्डेशनले लिई सकेको छ ।’ उनले यो संख्या अझै बढ्नसक्ने बताए । राजधानी दैनिकबाट 

 

Next Post

उपभोक्ता अधिकार दिवसमा तीन जना सम्मानित

२ चैत्र २०७७, सोमबार १६:०३
नेपालगञ्ज : विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपालगञ्जमा सोमवार तीनजनालाई सम्मान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अधिवक्ता वसन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिटमार्टका […]