बर्दियाको निकुञ्ज क्षेत्रमा प्रवेश निषेध

सदरलाइन संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार १४:१०
 

बर्दिया : बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो ।

बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको छ । आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले स्थानीयलाई वनक्षेत्रमा प्रवेश नगर्न सूचना जारी गरेको हो ।


हाल वन्यजन्तुको बढ्दो आक्रमणबाट बच्न आगामी १० दिनसम्म सम्भावित जोखिम युक्त बनक्षेत्रमा प्रवेश नगर्न, उक्त क्षेत्रमा सडकमा आवागमन गर्दा रात्रीको समयमा पैदल यात्रा, साइकल तथा मोटरसाइकलबाट यात्रा नगर्न तथा सुरक्षाका भरपर्दो तरिका अपनाउन हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौ । सूचनामा भनिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसहरुको हिडडुल बढी हुने गरेको छ । त्यस्तै जिविको पार्जनका लागि त्यसक्षेत्रका नागरिकहरु वनक्षेत्रमा जाने गरेका छन् । जस्का कारण उनीहरु बाघको शिकार हुने गरेको पाइएको छ ।

Next Post

नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता घोषित

२८ फाल्गुन २०७७, शुक्रबार १४:१०
नेपालगञ्ज : १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिइएपछि नेपालगञ्ज उप–महानगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले उपप्रमुख मगरलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाणपत्र प्रदान गरे । नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा […]