भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर तीव्र

सदरलाइन संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार ०८:४९
 

काठमाण्डौ : भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो संख्या पछिल्लो २४ घण्टामा कोरोनाबाट अत्याधिक प्रभावित राष्ट्र रुस, बेलायत, स्पेन र जर्मनीमा देखिएको भन्दा पनि बढी हो । महाराष्ट्रको पछिल्लो अवस्थाप्रति भारतको केन्द्र सरकारले पनि चिन्ता व्यक्त गरेको छ ।

कोरोनाको परीक्षणमा आएको कमी र मानिसहरुको लापरवाहीका कारण यो अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच महाराष्ट्र सरकारले केही ठूला सहरहरुमा कडा लकडाउन गरेको छ ।

नागपुरमा माच १५ देखि मार्च २१ सम्म कडा खालको लकडाउन गरिने भएको छ । यस्तै अमरावती र औरंगावादमा पनि राज्य सरकारले लकडाउन गरेको छ ।

Next Post

कारको ठक्करबाट कैलालीमा एकको मृत्यु, १ घाइते

२८ फाल्गुन २०७७, शुक्रबार ०८:४९
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ […]