बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

सदरलाइन संवाददाता २६ फाल्गुन २०७७, बुधबार १७:५५
 

बर्दिया : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघको आक्रमणबाट स्थानीय २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो ।

घाँस काट्न गएकी सुनारलाई नेपाल–भारत सीमासँगै जोडिएको पिलर नम्बर ८४ र ८५ को बीचमा बाघले आक्रमण गरेको भगरैयास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) प्रहरी निरीक्षक अस्मिन मगरले बताउनुभयो ।

सुनार सहित ६ जना घा‘स काट्न जंगलमा पुगेका थिए । सुनारलाई बाघले आक्रमण गरेपछि अन्यले भने भागेर ज्यान जोगाएका थिए । सुनारको शव दशगजामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गुलरिया पठाइएको छ ।


चालू आर्थिक वर्षको गत असोज यता बर्दियामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भईसकेको छ । गत असोज ५ गते घ‘ास काट्न गएकी मधुवन–३ कि २६ वर्षीया गंगा खत्रीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

कात्तिक ११ गते स्थानीय बेलझुण्डी सामुदायिक वनमा च्याउ टिप्न गएकी २६ वर्षीय रमेश चौधरीलाई बाघले आक्रमण गरी मा¥यो । सोही दिन रमेशलाई खोज्न जाँदा मधुवन–३ भगरैयाका २८ वर्षीय दिनेश चौधरीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

Next Post

सेना दिवशको अवसरमा बाँकेमा दोस्रो ‘रनफरफन’ सम्पन्न

२६ फाल्गुन २०७७, बुधबार १७:५५
राप्तीसोनारी (बाँके)  : नेपाली सेना दिवसको अवसर पारेर बाँकेको शम्शेरगन्जमा दोस्रो नेचर कञ्जरभेषण (रनफरफन) को आयोजना गरिएको छ । नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डाको आयोजनामा बाँके राष्ट्रिय निकुञ्ज परिसर शम्शेरगञ्जमा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाली सेनाको श्री ४ बाहिनी अड्डका बाहिनीपति तथा सहायक रथी हरेन्द्र पाठकले […]