महिन्द्रा ट्रयाक्टर उत्सव योजना नेपालगञ्जका निरन्जना र रामबहादुरलाई

सदरलाइन संवाददाता २६ फाल्गुन २०७७, बुधबार १३:४५
 


काठमाण्डौं  : नेपालका लागि महिन्द्रा अटो मोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नी इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा सञ्चलनमा ल्याएको ‘महिन्द्रा उत्सव’ योजनामा नेपालगञ्जका निरन्जना चौधरी र रामबहादुर कामीले बाजी मारेका छन् ।

सो योजनाका भाग्यशाली विजेता चौधरी र कामीलाई अग्नि इन्कर्पोरेटेड नेपालगञ्ज शाखामा एक कार्यक्रम आयोजना गरी बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) हस्तान्तरण गरिएको थियो छ ।

सो कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा इन्डिया नेपालका लागि कन्ट्री म्यानेजर आशिष जोशी , अग्नी इन्कोर्पोरेटेड प्रालिका उप निर्देशक बरदान बस्नेत, सहायक महाप्रबन्धक रामेश्वर महर्जनको उपस्थितिमा गत फाल्गुन २४ गतेका दिन विजेताहरुलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो ।


यसै योजनाको एक अंशका रूपमा २८ पुस २०७७ का दीन शहिदभूमि, धनकुटाका योगराज राई, नेपालगञ्जका निरन्जना चौधरी र रामबहादुर कामी सहित ३ भाग्यशाली विजेताहरुका नाम ‘लक्की ड्र’ कार्यक्रममा नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले निकालेका थिए ।

महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने सम्पुर्ण ग्राहकहरुलाई रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो ।

यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।

Next Post

नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम शुरु

२६ फाल्गुन २०७७, बुधबार १३:४५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजनासमेत तयार भईरहेको छ । मेयर डा. धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ । मेयर राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथि उठेर आम […]