एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

सदरलाइन संवाददाता २६ फाल्गुन २०७७, बुधबार ०९:१३
 

काठमाण्डौ : आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।


यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

Next Post

महिन्द्रा ट्रयाक्टर उत्सव योजना नेपालगञ्जका निरन्जना र रामबहादुरलाई

२६ फाल्गुन २०७७, बुधबार ०९:१३
काठमाण्डौं  : नेपालका लागि महिन्द्रा अटो मोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नी इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा सञ्चलनमा ल्याएको ‘महिन्द्रा उत्सव’ योजनामा नेपालगञ्जका निरन्जना चौधरी र रामबहादुर कामीले बाजी मारेका छन् । सो योजनाका भाग्यशाली विजेता चौधरी र कामीलाई अग्नि इन्कर्पोरेटेड नेपालगञ्ज शाखामा एक कार्यक्रम आयोजना गरी बम्पर […]

सम्बन्धित