नक्कली नोट र मेसिनसहित कञ्चनपुरमा १ जना पक्राउ

सदरलाइन संवाददाता २६ फाल्गुन २०७७, बुधबार ०८:५७
 

कञ्चनपुर : कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।


उनका अनुसार विशेष सूचनाका आधारमा मंगलवार राति करिब १० बजे पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

२६ फाल्गुन २०७७, बुधबार ०८:५७
काठमाण्डौ : आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु […]