राप्तीसोनारीमा गाँजा नष्ट गर्दै प्रहरी

सदरलाइन संवाददाता २३ फाल्गुन २०७७, आईतवार १७:०६
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाँउपालिका ४ माहुँमा गाँजा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गाँजा नष्ट गरिएको हो ।

लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा गाँजा नस्ट गरिएको थारुले जानकारी दिए । राप्ती सोनारी वडा न ३, ४ र ५ मा गाँजाको सेवन गर्ने क्रम बढेको जनगुनासो आएपछि प्रहरीले उक्त अभियान चलाएको इन्चार्ज थारुले जानकारी दिए । उनले क्रमश ३ वटै वडामा गाँजाको बिरुवा नष्ट गरीने र जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्ने बताए ।


राप्तीसोनारीका केही वडाका स्थानीयहरुको बारीमा गाँजा आफै उम्रने गरेको छ । ब्यवसायीक खेती नगरीएपनि यहाँको खेतबारीमा आफै उम्रने गाँजाका कारण स्थानीय युवाहरु कुलतमा फस्ने सम्भावना बढ्दै गएको छ ।

Next Post

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

२३ फाल्गुन २०७७, आईतवार १७:०६
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले आइतवार कोरोनाविरुद्धको खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि यो […]