दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २३ फाल्गुन २०७७, आईतवार ११:०४
 

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो ।


दुर्घटनामा परि मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

Next Post

बाँकेमा आइतवारदेखि जेष्ठ नागरिकलाई खोप लगाईंदै

२३ फाल्गुन २०७७, आईतवार ११:०४
नेपालगञ्ज : बाँकेमा आइतवारदखि दोस्रो चरणको कोरोनाविरुद्धको खोपको दिँदैछ । दोस्रो चरणमा ६५ वर्षमाथिका नागरिकलाई खोप दिन लागिएको हो । यस्तै पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई पनि खोप लगाइने छ । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार तीन दिनसम्म चल्ने यो अभियानमा पालिकास्तरमा रहेका ८१ […]