प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको विजयी शुरुवात

सदरलाइन संवाददाता २२ फाल्गुन २०७७, शनिबार १६:४१
 

नेपालगञ्ज : नेपालगञ्जमा जारी सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा एपीएफले विजयी शुरुवात गरेको छ । एपीएफले आफ्नो पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा आर्मीले २६–२४ ले जितेर अग्रता बनाएपनि दोस्रो सेटमा पुनरागमन गर्दै एपीएफले २५–२३ ले आफ्नो पक्ष पारेको थियो । दोस्रो सेटकै लय समात्दै तेस्रो सेट पनि २५–१६ ले एपीएफले नै जित्यो ।

चौथो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पारेपछि एपीएफले जित आफ्नो पक्षमा पार्यो । फागुन २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी, न्यु डायमण्ड र लुम्बिनी प्रदेश सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार पाउने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

Next Post

धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी

२२ फाल्गुन २०७७, शनिबार १६:४१
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा शनिवार दिउँसो करिव सवा १२ बजे आगलागी भएको हो । आगलागी हुँदा करीब ३ करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी […]