३६ वर्ष पहिले चोरी भएको मूर्ति नेपाललाई हस्तान्तरण

सदरलाइन संवाददाता २२ फाल्गुन २०७७, शनिबार १०:२५
 

काठमाण्डौ : ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गरेका हुन् ।

पाटन मन्दिरको यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो ।

Next Post

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको विजयी शुरुवात

२२ फाल्गुन २०७७, शनिबार १०:२५
नेपालगञ्ज : नेपालगञ्जमा जारी सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा एपीएफले विजयी शुरुवात गरेको छ । एपीएफले आफ्नो पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा आर्मीले २६–२४ ले जितेर अग्रता बनाएपनि दोस्रो सेटमा पुनरागमन गर्दै एपीएफले २५–२३ ले आफ्नो पक्ष पारेको थियो । दोस्रो सेटकै […]