प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार १७:४२
 

नेपालगञ्ज : सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुक्रवारबाट नेपालगञ्ज रंगशालामा शुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ २१–२५ फागुनसम्म नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लव र न्यू डायमण्ड क्लव वीच भइरहेको छ ।

पहिलो खेलको पहिलो सेटमा नेपाल पुलिस क्लवले न्यू डायमण्ड क्लवलाई २५–१९ ले पराजित गर्दा दोस्रो सेटमा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई २८–२६ ले पराजित गरेको छ । अहिले तेस्रो सेटको खेल भइरहेको छ ।

यसैवीच, आज दोस्रो खेल लुम्बिनी प्रदेश र नेपाल आर्मी क्लव वीच हुने बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।


प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी, महेन्द्र पुलिस कलव, सशस्त्र प्रहरी, होङ्गाजी न्यू डायमण्ड र स्थानीय लुम्बिनी युनाइटेड गरि पाँच वटा टिमले सहभागिता जनाएका छन् ।

यस पटकको प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख रुपैँया, दोस्रो हुनेले दुई लाख, तेस्रोलाई एक लाख र चौथोलाई ५० हजार रुपैँया तथा ट्रफी पाउने भएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

Next Post

पार्टी एकता राष्ट्रिय अभियानको जिल्ला भेला सम्पन्न

२१ फाल्गुन २०७७, शुक्रबार १७:४२
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको जिल्ला भेला बाँकेको नेपालगञ्जमा शुक्रबार सम्पन्न भएको छ । भेलाबाट डोलराज अर्याल संयोजक र रुबी खान सह संयोजक रहेको १०१ सदस्यीय पार्टी एकता राष्ट्रिय अभियान जिल्ला समन्वय समिति बाँके गठन गरिएको छ । भेलामा बाँकेका आठ वटै पालिकाहरुबाट प्रतिनिधिमुलक उपस्थितीरहेको र […]