होटल व्यवसायी संघ बाँकेको साधारण सभा तयारी अन्तिम चरणमा

सदरलाइन संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार ११:३१
 


नेपालगञ्ज  :  होटल व्यवसायी संघ बाँके नेपालगञ्जको माघ २२ गते शनिबार नेपालगञ्जमा तय भएको १६ औं र १७ औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघका अध्यक्ष भिमलाल कडेलले कोभिड–१९ को कहरका कारण हुन नसकेको गत वर्षको १६ औं साधारण सभा पनि एकै साथ गर्न लागिएकोे बताए । उनले शनिबार बिहान ११ बजे साधारण सभा सुरु हुने गरी तयारी अभि बढाईएको जानकारी दिए ।

नेपालगञ्जको सिद्धार्थ कटेजमा आयोजना गरिएको साधारण सभाको लुम्बिनी प्रदेशको पर्यटन संस्कृति बन तथा बाताबरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए ।


सो साधारण सभामा होटल व्यवसायी महसंघका संस्थापक अध्यक्ष माधव नेपाल, बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष दिनेश चुकेलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

साधारण सभाको कार्यक्रम ११ बजे उद्घाटन गर्ने गरी तय गरिएको कारण संघका साधारण सदस्य तथा कार्यसमितिका पदाधिकारी, आमन्त्रित पाहुनालाई साढे १० बजेसम्म उपस्थितिका लागि संघका अध्यक्ष कंडेलले आग्रह गरेका छन् ।

Next Post

सभापतिमा लड्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको दाबी

२१ फाल्गुन २०७७, शुक्रबार ११:३१
नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण कुमार गुरुङले १४ औं महाधिवेशनमा आफू सभापति पदमा लड्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शुक्रवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा गुरुङले उमेरले भन्दा पनि विचार र एजेण्डाले नेतृत्व क्षमताको मूल्यांकन हुने भन्दै आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने दृढता व्यक्त गरे […]