गुल्मीमा युवतीको शव बोराभित्र भेटियो

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार १७:०४
 

गुल्मी : गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

बसको ठक्करबाट बाँकेमा एकको मृत्यु, दुई घाईते

१७ फाल्गुन २०७७, सोमबार १७:०४
कोहलपुर (बाँके) : बसको ठक्करबाट कोहलपुरमा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे १ ख २२३९ नम्बरको बसले मंगलवार विहान ठक्कर दिँदा सोही ठाँउका २५ वर्षीय बिरेन्द्र शाहीको मृत्यु भएको हो । भे १० प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो । […]