अटोले ट्रकलाई ठक्कर दिँदा चालक गम्भीर घाइते

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार १६:२७
 

नेपालगञ्ज : नेपालगञ्जको राँझा चोकमा अटोले ट्रकलाई पछाडिबाट ठोक्दा अटो चालक गम्भीर घाइते भएका छन् ।

भे १ ह २७३८ नम्बरको पेट्रोल अटोले नम्बर नखुलेको ट्रकलाई आइतवार राति ११ बजेतिर राँझा गेट भन्दा एक सय मिटर दक्षिणमा पछाडिबाट ठोक्दा नेपालगञ्ज २० थपुवा बस्ने ४० बर्षीय पर्शुराम परियार गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते परियारको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Next Post

बाँकेको बनकट्टीमा धार्मिक मेला शुरु

१७ फाल्गुन २०७७, सोमबार १६:२७
डुडुवा (बाँके) : विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमवारदेखि शुरु भएको छ । मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ । जलसामा भारतको विभिन्न जिल्लाबाट मेलालाई भव्य रुपमा सफल बनाउनका लागि धर्म गुरुहरु आउने भएका […]