चार जना बालिका बलात्कार गर्ने किशोर पक्राउ

सदरलाइन संवाददाता १६ फाल्गुन २०७७, आईतवार १६:४०
 

बर्दिया : बर्दिया जिल्लामा एउटै गाउँका ४ जना बालिकालाई बलात्कार गरको आरोपमा एक किशोर पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५–५ वर्षीया २, ६ वर्षीया १ र ८ वर्षीया बालिकालाई ती किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन् ।


किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेको छ । पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उजुरीपछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Next Post

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

१६ फाल्गुन २०७७, आईतवार १६:४०
अछाम : अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ठाँटीका प्रहरी निरिक्षक मदन सिंह धामिका अनुसार छात्राका […]

सम्बन्धित